सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

अनमोलको स्पष्टीकरण : “गाँउले भिकारी हो भनेको छैन”

ब्लाष्ट खबर चैत २९, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
अनमोलको स्पष्टीकरण : “गाँउले भिकारी हो भनेको छैन”

नेपाली सिने जगतका लोकप्रिय अनि चर्चित नायक अनमोल केसी आफनो चलचित्रको रिलिज समयमा मात्र मिडियाप्रेमी हुने गरेका छन् । अन्यसमय मिडियाबाट टाढै रहने गरेका अनमोलले कहिले पनि कुनै पनि बिवादमा वा समाचारमा आक्रोस व्यक्त गरेका छ्रैनन् समाचारमा चटपटा थप्नको लागि अलिअलि त थप्न परिहाल्यो नी भन्ने गरेका अनमोल यतिबेला भने मिडियामा आएको समाचारप्रति दुखेसो व्यक्त गरेका छन् ।

प्राय जसो मिडियामा आउँने गरेका समाचार र बिवादहरुमा कुनै पनि प्रतिक्रिया नदिने गरेका अनमोलले केही दिन अघि ‘गाउँले भनेका साच्चिकै भिकारी हुन् र शहरिया चुहियो हुन्’ भन्ने शीर्षकमा प्रकाशित समाचारलाई लिएर स्पष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जालमाफर्त आफुले त्यस्तो गाँउले भिकारी हुन् भनेर नभनेको बताएका छन् ।

उनले नभनेको कुरालाई समाचार बिकाउन जथाभाबी हेडलाइन लेखेको समेत बताएका छन् । उनी लेख्छन् समाचार बिकाउँने उदेश्यले कसैको पनि चरित्र हत्या नथरिदिन अनुरोध गर्दछु । सबैलाई मेरो सम्मान र सद्भाव रहेको छ्र ।’ स्मरण रहोस यसअघि साम्राज्ञी पनि यस्तै गलत समाचारको चपेटा परेकी थिईन् । जुन समाचारको कारण उनले निकै आलोचना र नकरात्मक प्रतिक्रिया सहन बाध्य भएकी थिईन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार