अनमोलको स्पष्टीकरण : “गाँउले भिकारी हो भनेको छैन”

  • चैत्र २९, २०७४
  • ब्लाष्ट खबर

नेपाली सिने जगतका लोकप्रिय अनि चर्चित नायक अनमोल केसी आफनो चलचित्रको रिलिज समयमा मात्र मिडियाप्रेमी हुने गरेका छन् । अन्यसमय मिडियाबाट टाढै रहने गरेका अनमोलले कहिले पनि कुनै पनि बिवादमा वा समाचारमा आक्रोस व्यक्त गरेका छ्रैनन् समाचारमा चटपटा थप्नको लागि अलिअलि त थप्न परिहाल्यो नी भन्ने गरेका अनमोल यतिबेला भने मिडियामा आएको समाचारप्रति दुखेसो व्यक्त गरेका छन् ।

प्राय जसो मिडियामा आउँने गरेका समाचार र बिवादहरुमा कुनै पनि प्रतिक्रिया नदिने गरेका अनमोलले केही दिन अघि ‘गाउँले भनेका साच्चिकै भिकारी हुन् र शहरिया चुहियो हुन्’ भन्ने शीर्षकमा प्रकाशित समाचारलाई लिएर स्पष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जालमाफर्त आफुले त्यस्तो गाँउले भिकारी हुन् भनेर नभनेको बताएका छन् ।

उनले नभनेको कुरालाई समाचार बिकाउन जथाभाबी हेडलाइन लेखेको समेत बताएका छन् । उनी लेख्छन् समाचार बिकाउँने उदेश्यले कसैको पनि चरित्र हत्या नथरिदिन अनुरोध गर्दछु । सबैलाई मेरो सम्मान र सद्भाव रहेको छ्र ।’ स्मरण रहोस यसअघि साम्राज्ञी पनि यस्तै गलत समाचारको चपेटा परेकी थिईन् । जुन समाचारको कारण उनले निकै आलोचना र नकरात्मक प्रतिक्रिया सहन बाध्य भएकी थिईन् ।