काठमाडौं -पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत श्रृंखला खतिवडा यो वर्षको मिस नेपाल बनेकी छिन्। बुधबार भएको फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल– २०१८ को उपाधी जितेकी हुन्।

हेटौंडाकी उनका बुबा आमा नै सांसद छन्। बुबा बिरोध खतिवडा केन्द्रीय संसदमा छन् भने आमा मनु सिग्देल ३ नम्बर प्रदेशकी सांसद हुन्।

  बेलुका राजधानीमा भएको फिनालेमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिसन नेपाल भएकी हुन्।  उनी आर्किटेक्ट इन्जिनियरिङकी बिद्यार्थी हुन्। त्यस्तै गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भएका छन्।