सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

‘छक्का पञ्जा ३’ का लागि नायिका खोज्न आपत

ब्लाष्ट खबर चैत २६, २०७४ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
‘छक्का पञ्जा ३’ का लागि नायिका खोज्न आपत

‘छक्का पञ्जा २’ को सफलतापछि हौसिएका दिपक दीपाले यसअघि नै छक्का पञ्जा ३ को घोषणा गरिसकेका छन् ।

बैसाख १७ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको यस सिक्वेलको स्क्रिप्टको काम सकिएको छ भने आउँदो दशैंको, फूलपातीलाई रिलिज मितीसमेत लक गरिसकेको छ । दीपा श्री कै निर्देशन रहने ‘छक्का पञ्जा ३’ मा मुख्य कलाकारहरुको छनौट भईसकेको छ ।

चलचित्रमा ‘वडा नम्बर ६’ बाट दिपक दीपाको प्रिय बनेकी प्रियंका कार्की दोहोरिने चर्चा पनि छ । तर दिपक दीपा अर्काे नायिकाको खोजीमा पनि रहेको बुझिएको छ । यो टिमले ‘छक्का पञ्जा ३’ मा नयाँ नायिका राख्न लागेको चर्चा यति बेला छ ।

यस पटक ‘छक्का पञ्जा ३’ मा नायिकाको रोल पावरफूल रहेको दीपाको भनाई छ । त्यसैले पनि नायिका चयनका लागि आफुहरुले हतार नगरेको दीपा बताउँछिन् ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार