केकी र मिलनको बीचमा फसिन् प्रियंका

  • चैत्र २६, २०७४
  • ब्लाष्ट खबर

मिलन चाम्सद्वारा निर्देशित चलचित्रहरु रिलिजको लागि लपाईपलाईनमा रहेका छन् । हाल चर्चामा रहेको चलचित्र ‘लिलिबिली; चैत्र ३० मा रिलिज हुँदैछ । यसबीचमा बारम्बार रिलिज मिती पोस्पोण्ड गरिएको मिलनको अर्काे चलचित्र ‘ह्यापी डेज’ ले फाईनली आफनो नयाँ रिलिज मिती तोकेको छ । यसअघि मङ्सिर १५, माघ ११, चैत २ ,चैत १६ पछि गते रिलिज हुने भनिएको यो चलचित्र अब बैसाख १४ मा रिलिज हुने पक्का भएको छ ।

निर्माण युनिटका अनुहार अब यो चलचित्रको रिलिज मिती फेरबदल हुने छैन । रोमान्टिक ड्रामा मिश्रित यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय छ । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यस चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।

२ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’लाई मा पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथालाई उठान गरिएको छ । रोचक कुरा त बैशाख १४ मा यसअघि नै प्रियंका कार्की अभिनीत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलिज हुने कन्फर्म भइसकेको छ । बैसाख १४ मा प्रियंकाको दुई चलचित्र जुध्ने पक्का भएको छ ।

यस्तोमा अब कुन चलचित्र पछाडी हट्ला त्यो चासोको बिषय बनेको छ । यसअघि चार पटक सम्म रिलिज मिती सारेको  ‘ह्यापी डेज’ बैसाख १४ बाट पछाडी हट्ने सम्भावना न्युन छ त्यो भए के केकी पछाडी हट्लिन् ?? जहाँ सम्म प्रियंकाको सवाल छ उनी मिलन चाम्स र केकी दुबैको नजिक छिन् । यदि यो दुई चलचित्र एकसाथ आए उनी कुन चलचित्रको प्रचारमा हिड्लिन् ??