मुम्बई/ ७५ बर्षीय बलिउड अभिनेता जितेन्द्रलाई यौन शोषणको आरोप लागेको छ । उनलाई आफ्नै कजिनले यौन शोषणको आरोप लगाउदै एफआइआर दर्ता गराएकी छन् । जितेन्द्र बिरुद्धको एफआइआर शिमलामा दर्ता भएको छ ।

आफुलाई पीडित बताउँदै उनको कजिनले यो आरोप लगाएकी हुन् । घटनाको ४७ वर्षपछि उनीमाथि यो आरोप लगाइएको हो । ‘जब म १८ बर्षकी थिए । जितेन्द्र २८ बर्षका थिए ।’ उनले अगाडि उल्लेख गरेकी छन् ‘सो समय मसँग जितेन्द्रले जबर्जस्ती गलत काम गरे ।’

‘म १८ बर्षको हुँदा सुटिङ देखाउने भन्दै बुबासँग अनुमति लिएर मलाई स्पोटतिर लगेका थिए’ उनले भनिन्– ‘सो समय उनले मेरो साथ नराम्रो क्रियाकलाप गरे ।’ यो घटनाले आफु केही बर्षसम्म डराएकोले तत्कालीन समयमा केही एक्सन लिन नसकेको उनले खुलाएकी छन् ।

‘बुबाआमालाई दुःख पुग्छ भनेर सो समय मैले यो घटना गोप्य राखेकी थिए ’उनले अगाडि भनिन्– ‘अहिले आमाबुबा यो दुनियाँमा नभएको कारणले घटना बाहिर ल्याएकी हुँ ।’ यो घटना बाहिर ल्याउन आफुले बर्षौदेखि हिम्मत जुटाएको समेत उनले जनाएकी छन् ।

एजेन्सी