इरफान खान ब्रेन क्यान्सरबाट पीडित

  • फाल्गुन २३, २०७४
  • ब्लाष्ट खबर
बलिउड अभिनेता इरफान खानलाई क्यान्सर पिडित भएका छन् । जयपुर मूल निवासी भएका इरफानलाई ग्लियोब्लास्टोमा मल्टीफोर्मे ग्रेड ४ छ । यो ज्यानमारा क्यान्सर हो । उनलाई अहिले मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।

नीडल बायोप्सी गरेपछि चिकित्सकहरूले इरफानको शरीरमा रहेको ट्युमरको सही स्थिति पत्ता लगाउनेछन् । त्यसपछि उनलाई कीमोथेरापी गराइनेछ ।

इरफानले एक ट्वीट गरेर लेखेका छन्, ‘कहिलेकाहीँ तपाईं एक झट्कामा जाग्नुहुन्छ । पछिल्लो १५ दिन मेरो जीवनको रहस्यमय कथाका रूपमा रहेको छ । म दुर्लभ रोगबाट पीडित छु । मैले जिन्दगीमा कहिल्यै सम्झौता गरिनँ । म सधैं आफ्नो रुचिका लागि लडिरहेको छु र पछि पनि लड्नेछु ।’