लक्ष्मीमार्ग/ केहि समय देखी समाजीक सञ्जाल मार्फत ठगि गर्ने गिरोहको सञ्जाल बढ्दै गएको छ । शनिवार ईलाका प्रहरी कार्यालय बेलबारीले लट्री पर्याे भन्दै ठगी गर्ने गिरोहका २ जनालाई बेलवारीमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी १ की प्रतीमा भुजेल र झापा बाह्रदर्शी गाँउपालीका वडा नम्बर ६ बस्ने भोलाराज भुजेललाई प्रहरीले पक्राउ गरको हो । काठमान्डौ किर्तीपुरकी महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्यानरत एक छात्रालाई भाइवलमा फोन आयो उक्त नम्बरबाट ति युवतीलाई हिन्दी भाषामा बधाई दियो । बधाई किन भन्ने ति युवतीको प्रश्नमा उक्त नम्बरबाट भन्यो “आपका एनसेल कम्पनिका नम्बर हे, ओ मलेसियन कम्पनी हे लट्रीड्र मार्फत आपको बहुत बढा इनाम मिला हे” भन्यो ।
त्यसको केहि दिनमै ति युवतीलाई बैंकको खाता नम्बर माग्यो र उक्त खाता एक्टीभ गर्न ५० हजार नगद आवश्यक पर्ने भएकोले रेमिट मार्फत बेलबारीकि प्रतीमा भुजेललाई पठाउन भनेपछि ती युवतीले पनि सोहि अनुरुप फागुन ६ गते पैसा पठाईन् । त्यसको केहि दिनमा पुन ति काठमान्डौकी युवतीलाई लाई १ लाख ५० हजार रुपैया फेरी पठाउन भन्यो र त्यो पैसा पठाए मात्रै २५ लाखको लट्री पर्ने भन्दै बिदेशको नम्बर वाट उनलाई फोन आयो ।
फोन भने प्रतिमाले नभई अन्य ब्यक्तिलेनै गर्ने गरेको प्रहरी अनुसन्धान बाट खुलेको इलाका प्रहरी कार्यलय बेलबारी प्रमुख राम जी कट्वालको भनाई रहेको छ । ति महिलालाई शंका लागे पछि उनले छिमेकीलाई भनिन र छिमेकीले ठगीएको बताए पछि उनि प्रहरीकहाँ पुगिन र प्रहरीकै सल्लाह अनुसार ति युवतीले प्रतिमालाई डेढ लाखनै पठाई दिने रेमिटमा जानु भनिन । र प्रहरी सग उनको कुराकानी हुदै गयो । प्रतिमा पैशा निकाल्नका लागी रेमिटमा आएका बेला प्रतीमा र भोलाराजलाई नियन्त्रणमा लिएको प्रमुख कट्वालले बताए ।
त्यसैगरी सोहि समुहले ताप्लेजुङका सन्त बहादुर लिम्बु र उनकी श्रीमति पनि ठगीएका छन । सन्त वहादुरले ४० हजार बुझाएका छन भने उनकी श्रीमतिले २० हजार बुझाएकि छन । पक्राउ पर्नेको घरमा छापामार्ने क्रममा १ लाख ४ हजार नगर र बैक भौचरहरु समेत फेला परेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा भारतको एउटा कम्युनीकेसनको नाममा भारतको जोगवनी बाट एस.वि.आई बैंकको खातामा पटक पटक गरेर ४ लाख नगद पठाईसकेको बताएका छन् ।
सामाजिक संजाल हृवाट्सएप, इमो, भाईबर, फेसबुक जस्ता सामाजिक सञ्जाल र फोन मार्फत पच्चीस लाखको लट्री जित्नु भएको छ भनी फोन तथा एसएमएसबाट बधाई दिने गरेको र त्यसपछि उनीहरुले सोही सामाजिक सञ्जाल मार्फत रेमिटमा पैशा माग्ने गरको प्रहरी अनुसन्धान बाट खुलेको छ । यसरी सामाजीक सन्जालबाट कोही पनि ठगिन नहुने ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख कट्वालले बताए । प्रहरी प्रमुखका अनुसार अब स्थानीय निकाय, संघ संस्था र सामाजीक सञ्जाल मार्फत सबै नागरीकलाई सचेत गराउन पहल गर्ने बताउनुभएको छ ।