विराटनगर – श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी विर्भत्स तरिकाले हत्या गरी फरार भएको अभियुक्तलाई प्रहरीले दुईसातापछि पक्राउ गरेको छ ।
मोरङको पथरीशनिश्चर नगरपालिका – ९ का ३० वर्षिय तुलसा लिम्बुको हत्या गरी फरार भएका ३३ वर्षिय चन्द्र बहादुर नाल्बो लिम्बुलाई इलका प्रहरी कार्यालय पथरीले दुई सातापछि बेलबारी नगरपालिका – ११ लक्ष्मीमार्गबाट पक्राउ गरेको हो ।
मदिराको नशामा लठिएर चन्द्रबहादुरले आफ्नै श्रीमतीको गरधन, नुहार र शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरी माघ २७ गते विर्भत्स तरिकाले हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी प्रमुख विजयी श्रेष्ठले जानकारी दिए । श्रीमतिको हत्या गरेपछि फरार भएका अभियुक्तलाई शुक्रबार दिउँसो उनकै साथीको घरबाट पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीले विशेष खोजी गर्दै आएको थियो । हत्या गर्ने अभियुक्त चन्द्रबहादुर उनको साथीको घरमा लुकीरहेको जानकारी विश्वासिलो स्रोतले प्रहरीलाई जानकारी दिएपछि तत्काल पथरी प्रहरीले सादा पोशकमा खटिएको टोली परिचालन ग¥यो र अभियुक्त लिम्बुलाई पक्राउ गरेको हो ।
कर्तब्य ज्यान मार्ने उद्योगमा मद्दा दर्ता गरेको अभियुक्त लिम्बुलाई आइतबार जिल्ला अदालत मोरङमा म्याथ थप गरी आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठको भनाई छ । ‘प्रराम्भिक अनुसन्धानमा अत्याधिक मदिरा सेवन गरी धारिलो हतियार प्रयोग गरी हत्या गरेको खल्न आएको छ,’ उनले भने, ‘मदिारमा लठिएर अभियुक्तले हत्या गरेको देखिन्छ । मादक पदार्थ सेवन गरी सामान्य घरायसी बादबिवाद भएको प्रराम्भिक अनुसन्धानमा देखिन्छ,’ उनले भने, ‘यतिकै विभादमा खुकुरी प्रहार गरी विर्भत्स तरिकाले हत्या भएको छ ।’
प्रहरीको अनुसार ३÷४ महिनादेखी हराएको अभियुक्त लिम्बुलाई खोजी गरिदन उनका श्रीमतिले शनिश्चरे प्रहरी चौकीमा निवेदन समेत दिएका थिए । घर आएकोे तीन महिना पछि उनले अत्याधिक लोकल मदिरा सेवन गरी नशामा लठिएपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
सामान्य घर परिवारका लिम्बुका ७ वर्ष र ६ वर्षको साना दुई छोरी रहेका छन् ।