मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
बिशेष सुराकिको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले धनकुटा खाल्छा-छिन्ताङ गाउँपालिका २ बस्ने १९ बर्षिय प्रबिन बि.क. र सोही ठाउँका २४ बर्षिय भोगेन्द्र राईलाई ३० किलो गाँजासहित पक्राउ गरेको हो ।
साँझ करिव ७ बजेको समयमा उनिहरुले सेतो प्लाष्टिकको बोरामा १ किलो जति अदुवा राखेर अदुवाको मुनिबाट लागूऔषध गाँजा बोकेर रंगेलीतर्फ जाँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको थियो।
गाँजासहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।