सुनसरी/ सुनसरीको ईटहरी उप-महानगरपालिका १८ मा गाईलाई करणी गरेको आरोपमा शुक्रबार राती एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

राती सवा १० बजे मादक पदार्थ सेवन गरी गाईलाई करणी गरेको आरोपमा भारत माल्दा घर भई हाल ईटहरी उप-महानगरपालिका- १८ स्थित माछा पोखरीमा काम गर्दै आईरहेका ४० बर्षिय तपन घोषलाई पक्राउ गरेको हो।

घोषले ईटहरी १८ स्थित राधा राईको गाई गोठमा बाँधि रहेको गाईलाई करणी गरेको आरोप लागेको छ ।

घोषलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।