सिरहा/ सिरहाको गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जबरजस्ती करणी आरोपमा मिर्चैया नगरपालिका– ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ दिपक कुमार मण्डल र १९ वर्षिय श्यामकुमार महराले लछारपच्छार गरी मुख छोपेर जबरजस्ती करणी गरिरहेको बेला हल्लाखल्ला भएपछि स्थानीयले पक्राउ गरी मण्डललाई प्रहरीमा बुझाएका हुन् । महरा भने फरार भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डललाई जवरजस्ती करणीको मुद्दा दर्ता गराइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए । फरार महराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।