राजविराज/ सप्तरीमा एक दुई वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको १२ घन्टा नबित्दै अर्की बालिकाको पनि बलात्कारपछि हत्या भएको छ ।

सप्तरीको खडग नगरपालिका वडा नम्बर–९ की ११ वर्षीया पार्वतीकुमारी मण्डललाई शुक्रबार आफ्नै ठूलो बुवाको छोराले बलात्कारपछि हत्या गरेको हो ।

१८ वर्षीय राजदेव मण्डलले काकाकी छोरीलाई बलात्कारपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार (हिजो) दुई वर्षीया बालिकाको बलात्कारलगत्तै पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी गरेपछि १३ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको थियो ।

इमेजखबरबाट