तरहरा/ इटहरीमा १६ बर्षिया बालिकालाई सामुहिक बलात्कार आरापित विराटनगरका मनिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत पौष १६ गते इटहरी २ को रायल रिसोर्ट होटलमा साथीको गर्ल फ्रेण्डलाई सामुहिक वलत्कार गरेर फरार रहेको आरोपमा श्रेष्ठलाई प्रहरीले भारतको जल्पाइगुडीबाट पक्राउ गरेको हो ।

शनिबार पक्राउ गरी अञ्चल प्रहरी कार्यलयमा राखी अनुसन्धान गरीरहेको अञ्चल प्रहरी प्रमुख एसएसपी हरिवहादुर पालले जनाए । वलत्कारमा संलग्न भएको भन्दै धरानका जोकम लिम्वु यस अघि नै पक्राउ परीसकेको छन । बालिकालाई मदिरा सेवन गराई सामुहिक वलत्कार गरेका थिए ।

प्रहरीकै मिलोमतोमा घट्नालाई मिलाउन करीब ३५ लाखको आर्थिक चलखेल भएको हल्ला छ । प्रहरीले घट्नालाई मिलापत्र गराएको आरोपमा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर चिरञ्जीवी दाहाल र जिल्ला प्रहरी कार्यालय सु्नसरीका एसपी विद्यानन्द माझिलाई समेत निलम्वन गरिसकेको छ ।