पाँचथर/ नाबालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको तुम्बेवा गाउँपालिका–३, का एक युवक पक्राउ परेका छन् ।
बलात्कार आरोपमा १८ बर्षिय ‘भीम’ भनिने मनकुमार सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरेको हो ।
लिम्बूले ती नौ बर्षिया नाबालिकालाई ललाई फकाई बलात्कार गरेको भन्दै उनको परिवारले दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रबक्ता तथा प्रहरी निरिक्षक विज्ञान बस्नेतले बताए । लिम्बूले गएको शनिबार नाबालिकालाई बलात्कार गरेका थिए ।
नाबालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण पछि उपचार गरिएको छ भने आरोपी लिम्बू उपर जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।