हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकाबाट प्रहरीले प्रेसर कुकर बम र विभिन्न हात हतियारसहित श्रीमान् श्रीमतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मनहरी गाउँपालिकाका ५ का रामबहादुर मोक्तान र उनकी श्रीमती दिलमाया मोक्तान रहेका छन्।
गत माघ २४ गते मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित सानोभावर जंगलमा हेटौँडा १९ का शरण गोलेलाई गोली हानी घाइते बनाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। खोजी गर्ने क्रममा शुक्रबार मनहरीबाट पक्राउ परेका मोक्तान दम्पतीलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको हो।
पक्राउ परेपछि मोक्ताले दिएको बयानको आधारमा उनीहरुको ससुरालीबाट प्रेसर कुकर बमसहित बटुवा पेस्तोल, कुकर बम पड्काउने रिमोर्ट, बारुद, डोटोनेटर, सुतली बम, गोलीसहितको वम बनाउन प्रयोग गरिने सामग्री तथा नेपाली सेनाले प्रयोग गर्ने कम्ब्याडसमेत फेला पारेको मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनालले बताए। पक्राउपछि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
अन्नपूर्णपाेष्टबाट