कञ्चनपुर/कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा बस्दै आएका एक साधुको हत्या भएको छ। शनिबार साँझ आरती गर्ने बेला विवाद हुँदा साधु ३२वर्षीय साधु नारायण चौधरीले अर्का साधु ४५ वर्षीय चन्द्र गिरीलाई चिर्पटले हानेर हत्या गरेका हुन्।
चौधरी हत्या गरेर नजिकैको लालझाडी वन हुदै भागेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए। स्थानीय बासिन्दाको सहयोगमा खोजी भइरहेको उनले बताए।