उर्वशी रौटेला अभिनित फिल्म ‘हेट स्टोरी IV ’ को ट्रेलर अहिले निकै चर्चामा छ । ट्रेलरलाई समाचार तयार पार्दासम्म युट्युबमा मात्रै २ करोड ७०् लाखभन्दा धेरैपटक हेरिएको छ।

९ मार्चमा रिलिज डेट तय भएको यस फिल्ममा उर्वशी रौटेला, करण वाही र विवान भटेना मुख्य भूमिकामा छन्।  यस फिल्मका निर्देशक तथा निर्माताले पनि ट्रेलरले यति धेरै चर्चामा पाउने अपेक्षा नगरेको प्रतिक्रिया दिएका छन्। ट्रेलरमा उर्वशी निकै कामूक देखिएकी छिन् ।  फिल्मका निर्देशक विशाल पाड्याले हेट स्टोरी–२ र हेट स्टोरी –३ को तुलनामा यस फिल्मको ट्रेलरले धेरै राम्रो प्रतिक्रिया पाएको बताएका छन्। उनी फिल्म पनि राम्रै चल्नेमा आशावादी छन्।

हेट स्टोरी शृंखलाअन्तगर्गतका फिल्महरु बोल्ड र हट कन्टेन्टका कारण हिट हुने गरेको छ । कम बजेटमै तयार भएका फिल्ममा अघिल्ला ३ शृंखलाले पनि राम्रो व्यापार गरेका थिए । कामूक फिल्म हेर्न चाहने भारतीय दर्शकहरुको रोजाईमा फिल्मका शृंखला पर्ने गरेका छन् । ' 'हेट स्टोरी IV 'मा  ‘आशिक बनाया आपने’ नाम चर्चित गीत पनि समावेश गरिएको छ। ‘आशिक बनाया आपने’ नामक सन् २००५ मा रिलिज भएको फिल्ममा यो गीत शीर्ष गीत थियो।