फागुन २६ मा टुँडिखेलमा हुन लागिरहेको ‘दबंग द टुर’ का लागि बलिउडका नायक सलमान खान नेपाल आउँदैछन् । २३ वर्षपछि नेपाल आउन लागेका सलमानको यस कन्सर्टको यतिबेला खुबै चर्चा भईरहेको छ । ओडिसी इन्टरटेनमेन्टले उक्त कार्यक्रममा सलमानसंगै चर्चित हस्तीहरु प्रभु देवा , ज्याकलिन फर्नाडिज ,जरिन खान ,डेजी शाह लगायतकाले आफनो प्रस्तुती दिनेभएका छन् ।

यी चर्चित हस्तीहरु नेपाल ल्याउँनको लागि ओडिसी इन्टरटेनमेन्टले १२ करोड रुपैयाँको बजेट छुट्याएको छ। सलमानको यो कन्सर्ट अहिलेसम्मकै ठुलो कन्सर्ट हुने आयोजकको दाबी रहेको छ । सलमानसहितको समूहले करिब ३ घन्टा टुँडिखेलमा आफ्नो प्रस्तुति दिनेछन् भने कन्सर्टमा २५ हजार दर्शकको सहभागीता रहने दाबी गरिएको छ ।