यही माघ २६ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘कृ’को एउटा गीत स्कटल्याण्डमा छायांकन गरी यसको निर्माणपक्ष नेपाल फर्किएको छ ।

‘मैले जानी नजानी’ बोलको गीत स्कटल्याण्डको रमणिय स्थानमा खिचिएको हो । अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गरिएको यो गीत छायाँकनका क्रमा अनमोल अदिती निकै रोमान्टिक मुडमा देखिएका छन् ।  गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा द सपर काजोल फिल्मसको प्रस्तुती रहेको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

 पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन् । चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ ।

सोहि गीत रिलीज कार्यक्रममा उपस्थित हुदाँ अनमोल र अदितीलाई केहि प्रश्न उत्तर गरीएको छ ।