बलिउडमा यतिबेला ‘पद्यमावत’ ले धमाका गरिरहेको छ । सञ्जयलिला भन्सालीको निर्देशन रहेको ‘पद्यमावत’ ले १० दिनमा मात्र १९२.५० करोड कलेक्सन गरेको छ । यसले रिलिजको १० औँ दिनमा पनि १६ करोड कलेक्सन गरेको छ । यसबाट पनि प्रमाणित हुन्छ की फिल्मलाई दर्शकहरुले निकै रुचाएका छन् ।

यसअघि पनि सञ्जयलिलाको फिल्म ‘बाजीराव मस्तानी’ ले वल्र्डवाईडरुपमा ३०० करोड कलेक्सन गरिसकेको छ भने पद्यमावत २०० करोडको नजिक रहेको छ । दिपिका , रणवीर र शाहिदको करियरकै लागि सबैभन्दा हिट र फिल्म सफल बन्ने निश्चित छ ।

निर्माण युनिटले त फिल्मको सक्ससेस पार्टी समेत मनाईसकेको छ । फिल्मबाट रणवीरले आफनो करामत देखाएका छन् भने बिषेशगरी ‘पद्यमावत’ को कारण दिपिका र शाहिद कपुरको चर्चा भने खुबै भईरहेको छ ।