सधै आफनो कामबाट मात्र चर्चामा आउँने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही दिन देखि ट्याटु काण्डको कारण आलोचनामा आईन् । ‘कायरा’ को सुटिङको क्रममा रहेकी साम्राज्ञीले आफनो बक्षस्थल मुनि ट्याटु खोपिन् जुन फोटो भाईरल भएसंगै उनी बिवादमा आईन् ।

ट्रोलकै शिकार बनेपछि साम्राज्ञीले उक्त तस्बिर आफुले पोस्ट नगरेको र ट्याटु आर्टिस्टले नै अनुमती बिना पोस्ट गरेको बताएकी थिईन । तर धेरैले उनको यो स्पष्टीकरणलाई विश्वास गरेका थिएनन ।यसबीचमा सोही ट्याटु आर्टिस्टले अनुमती बिना फोटो सेयर गरेकोमा माफी मागेका छन् । उनले साम्राज्ञीको तस्विर अनुमति बिना राखेको कारण साम्राज्ञी र उनका फ्यानलाई पर्न गएको असर प्रति माफी मागेका हुन् ।

उता साम्राज्ञीले बिना अनुमती ट्याटु आर्टिस्टले फोटो पोस्ट गरिदिदा पाएको नकरात्मक प्रतिक्रिया र शुभेच्क्षुक र फ्यानप्रति गलत सन्देश पुगेको भन्दै उनले गुनासो पोखेकी छिन् ।साथै तस्बिरलाई लिएर नकरात्मक प्रतिक्रिया पनि नगरिदिन उनले आग्रह गरेकीछिन् । हाल पनि साम्राज्ञी फिलिपिन्समा नै रहेकीछिन् । आर्यन सिग्देलसंग पहिलो पटक स्क्रिन सेयर गरेकी साम्राज्ञी लगायत टिम एक महिनासम्म उतै रहनेछन् ।