काठमाडौं/बलिउड फिल्म इण्डष्ट्रीमा अभिनेत्रीद्वय आलिया भट्ट र कैटरीना कैफलाई एक–अर्काका असल साथीका रुपमा लिइन्छ । फुर्सदको समयमा उनीहरु एकसाथ शारिरीक व्यायाम जीमदेखि पार्टीसम्म गर्छन् ।

हालै यी दुई अभिनेत्री एकसाथ अर्की अभिनेत्री नेहा धूपियाको टीभी शोमा पनि पुगेका छन् । टिभी शोमा आलिया भट्टले कैटरीना कैफको सबैभन्दा नराम्रो बानीका बारेमा खुलासा गरेकी छिन् ।

शोमा खेलाइने एक खेलका दौरान नेहा धूपियाले कैटरीनाको नराम्रो कुनै एक बानीका बारेमा प्रश्न राख्दा आलियाले भनिन्, ‘‘कैटरीना कैफको सबैभन्दा नराम्रो बानी उनी आफ्नो योजनामा अडिग हुन नसक्नु हो ।’’ कैटरीना कैफले सधैँ आफ्ना योजनाहरु परिवर्तन गरिरहने गरेको आलियाको भनाई थियो ।