काठमाडौं/ बलिउडमा स्थान बनाउन सफल अभिनेत्री तापसी पन्नू अत्यन्तै चर्चामा रहन्छिन् । तापसी फिल्मका माधयमबाट दर्शकको मन जित्दै गएकी पनि छिन् ।

उनी पछिल्लो समय वरुण धवनका साथ फिल्म ‘जुडवा २’ मा देखिएकी थिइन् । वरुण धवनको दोहोरो भूमिका रहेको उक्त फिल्म सुपरहिट भएको थियो । फिल्ममा तापसीका साथ ज्याकलिन फर्नाडिज पनि थिइन् ।

तर तापसीले रिएलिटी शो इन्टरटेनमेन्टका दौरान सोधिएको प्रश्नमा आफुलाई कहिल्यै पनि ज्याकलिनसँग काम गर्न मन नलागेको प्रतिक्रिया दिइन् ।

तापसी भनिन्, ‘‘मलाई ज्याकलिनको टोन्ड बडीदेखि जलन हुन्छ ।’’ यसअघि ‘जुडवा २’ को प्रमोशनका क्रममा तापसी र ज्याकलिनबीच वरुण धवनको विषयलाई लिएर मनमुटाव बढेको खबर सार्वजनिक भएको थियो ।

तापसी चाँडै नै साकिब सलीमका साथ फिल्म ‘दिल जंगली’ मा देखिने भएकी छिन् । यसका साथै उनलाई ‘मनमर्जियाँ’ नामक फिल्ममा अभिषेक बच्चनका साथ देख्न सकिनेछ ।