काठमाडौं/ हक्की स्वाभावका बलिउड अभिनेता रणवीर सिँह बेलाबेलामा विभिन्न बयानबाजी गरेर चर्चामा आइरहन्छन् । रणवीर आफ्नो सम्बन्धका बारेमा खुलेरै सबैलाई स्पष्ट पारिदिन्छन् । उनी प्रायःजसो संकेतमै भए पनि प्रेम सम्बन्धका बारेमा खुलासा गरिदिन्छन् । तिन रणवीर सिँहको एक बयान पछिल्ला समय सामाजिक सञ्जालमा भाइरल भएको छ ।

बलिउड हंगामाका अनुसार रणवीरले १४ वर्षकै उमेरमा एकसाथ तीनवटा प्रेमिका रहेको खुलासा गरेर चर्चा बटुलिरहेका छन् । उनले भनेका छन्, ‘‘म सधैँ नै युवतीहरुसँग राम्रो छु । एकपटक म परिवारका सदस्यका साथ अमेरिका छुट्टी मनाउन गएको थिएँ । फर्किदा आफुलाई दुब्लो र लामो भएको जस्तो महशुस गरे ।

त्यसपछि मैले एक युवतीसँग डेट जान सुरू गरे, फेरि अर्कीसँग, त्यसपछि पनि एउटा अर्कीसँग।। तपाईलाई अचम्म लाग्ला तीन वटा युवतीसँग एक साथ डेट त्यो पनि १४ वर्षको उमेर मै ।’’

फिल्म इण्डस्ट्रीमा पनि रणवीर सिँहको नाम कयौं अभिनेत्रीहरुसँग जोडिएको थियो । जसमध्ये अनुष्का शर्मा र दीपिका पादुकोण मुख्य हुन् । फिल्मी करियरको सुरुवाती चरणमा रणवीरको नाम अनुष्का शर्माका साथ जोडिएको थियो । जुन सम्बन्ध केही समय पछि ब्रेक–अपमा परिणत भएको थियो ।