अभिनेता तथा निर्माता आर्यन सिग्देल आफू निर्मित फिल्म ‘कायरा’को कुनै पनि तस्बिर बाहिर सार्वजनिक नहोस् भन्ने चाहनामा छन् । तर, फिल्म छायांकनका केहि तस्बिर लिक भएको छ । फिलिपिन्समा अहिले यो फिल्मको धमाधम छायांकन भैरहेको छ । छायांकनका क्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले खिचेको सेल्फी तस्बिर लिक भएको हो ।

जसमा अभिनेता आर्यन सिग्देलको घाटीमा गितारको ट्याटु देख्न सकिन्छ । योे ट्याटुले पनि आर्यन फिल्म भित्र कतै गायक वा संगीतकारको रुपमा देखिदै त छैनन् भन्ने अनुमान लगाउन सकिन्छ । लक्ष्मण रिजालले यो फिल्मको निर्देशन गरिरहेका छन् ।