काठमाडौ/ कालिमाटी तरकारी थोक बजारमा आज च्याउ र लौकाको भाउ बढेको छ भने टाटेसिमी र प्याजको भाउ घटेको छ। कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार यी तरकारीमा ५ देखि १० रुपैँयाले भाउ बढेको छ भने सोही अनुपातमा घटेको छ ।
कुन तरकारीको मूल्य कतिरु आज ठुलो गोलभेडा ३५ देखि ४०, सानो गोलभेडा १५ देखि २०, रातो आलु २३ देखि २५, सेतो आलु २० देखि २३, प्याज सुकेको ६५ देखि ७० रूपैयाँमा बिक्री भइरहेको छ। यस्तै, गाजर ४० देखि ४५, स्थानीय काउली ३० देखि ३५, तराई काउली, बन्दा २८ देखि ३०, सेतो मुला २५ देखि ३०, भन्टा, मटरकोशा, बरेला, ५० देखि ५५, टाटेसिमी ६५ देखि ७०, घिउसिमी ६० देखि ६५, लौका ५५ देखि ६० र पिँडालु ४५ देखि ५० रूपैयाँ कायम भएको छ। तितेकरेला, १ सय देखि १ सय १०, भिण्डी ९५ देखि १ सय र च्याउ १ सय ३० देखि १ सय ४० रूपैयाँ केजीमा बिक्री भइरहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले जनाएको छ।