पाल्पा/ पाल्पामा किसानले गाई–भैंसी पालेर दूधको उत्पादन बढाएपछि यस बर्षदेखि छुर्पी उद्योग सञ्चालन गर्न थालिएको छ ।
पाल्पामा अरु जिल्लामा जस्तै मिल्क होलिडे नगरी सबै किसानको दूध संकलन गरेकाले दूधको खपतका लागि छुर्पी उद्योग खोलिएको हो ।
पाल्पामा दैनिक ७ हजार लिटर दुध बिक्री हुने गर्दछ । छुर्पीका लागि इलाम झापालगायत पूर्वका जिल्ला प्रख्यात रहेकोमा अब पाल्पा पनि थपिने उद्योग सञ्चालकले बताएका छन् ।
पाल्पामा दुईवटा उद्योगबाट दैनिक १ सय केजी छुर्पी उत्पादन हुने गर्दछ । उत्पादित छुर्पी काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, नारायणगढलगायत शहरमा निर्यात हुने श्रीनगर डेरी उद्योगका रोमाकान्त न्यौपानेले बताए ।
एक केजी छुर्पीको ९ सय रुपैयाँ पर्ने हँुदा मासिक २५ लाख बराबरको छुर्पी उत्पादन हुने गरेको उद्योगी बताउँछन् । भैंसीभन्दा व्यावसायिक गाई फर्म सञ्चालनमा आएपछि छुर्पीको अत्यधिक माग बढेको छ ।