दर्शकहरुले निकै मन पराएको डान्स ग्रुप कार्टुन क्रु र चर्चित नायिका प्रियंकाको जुगलबन्दी फेरी एकपटक म्युुजिक भिडियोमा देखिएको छ । आज बिहीबार कार्टुन क्रुका सरोज अधिकारी , आश्मा विश्वकर्मा र नायिका प्रियंका कार्कीको फिचरिङ रहेको गीत “माछीले खाने खोलीको लेउ” बोलको गीत सार्वजनिक भएको छ ।

मेलिना राई ,सरोज ओलीको आवाजमा रहेको उक्त गीतमा चर्चित संगितकार बसन्त सापकोटाको संगित रहेको छ । उद्धवराज पौडेलको एरेञ्ज रहेको उक्त लोकशैलीमा रहेको छ भने गीत झट्ट सुन्दा नै मुखमा झु्िण्डने किसिमको रहेको छ । कबिराज गहतराजको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा सबिनले प्रियंका र आश्मासंग रोमान्स गरेका छन् ।

साथै उक्त गीतको कभर भिडियो डान्स प्रतियोगिता पनि आजैबाट सुरु गरिएको छ । मार्च अन्तिमसम्ममा यो गीतको कभर डान्स प्रतियोगिताको लागि भिडियो पठाउनु सकिनेछ भने बिजेताको लागि लाख पुरस्कारको व्यवस्था गरिएको छ ।