सपुरस्टार सलमान खानको अपोजिटमा काम गर्न बलिउडका एक से एक हिरोइनहरु आतुर हुन्छन् । यस मामलामा लो प्रोफाइलकी एक हिरोइन भाग्यमानी सावित भएकी छिन् ।

हामी कुरा गर्दैछौं बलिउड हिरोइन डेजी शाहको । उनले सलमानको फिल्म ‘जय हो’ बाट डेब्यू गरेकी थिइन् । अहिले फेरि उनले दोस्रोपटक सलमानको हिरोइन बन्ने मौका पाएकी छिन्, फिल्म ‘रेस ३’ मा ।

रोचक कुरा के छ भने डेजीलाई बलिउडमा स्थानमा दिलाउनका लागि सलमानकी पूर्व प्रेमिका कट्रिना कैफको ठूलो हात छ । कट्रिनाको अहिले सलमानसँग राम्रो सम्वन्ध छ । तर, उनीहरुको प्रेम टुटेपछि केही समय उनीहरु एक अर्काको नाम पनि सुन्न चाहँदैनथे ।

त्यस दौरान सलमानले कैटरिनालाई ईंगित गर्दै भनेका थिए कि उनी मेरो कारणले स्टार बनेकी हुन् । त्यसो जवाफमा कैटरिनाले भनिन्, ‘होइन, म आफ्नो प्रतिभाको कारणले स्टार बनेकी हुँ ।’ उनले यो पनि थपिन्, ‘यदि सलमानको त्यस्तो क्षमता छ भने जो सुकैलाई उठाएर स्टार बनाएर देखाउन् न ।’

कैटरिनाको यो वचनले आहत बनेका सलमानले उनलाई जवाफ दिनकै लागि एक ब्याकग्राउन्ड डान्सरलाई स्टार बनाइदिने प्रण गरे ।

यही बीचमा उनको नजरमा परिन् ब्याकग्राउन्ड डान्सर डेजी शाह । सलमानले उनलाई आफ्नो फिल्म ‘जय हो’ मा प्रमुख हिरोइन बनाइदिए । उनले डेजीलाई ती सबै कुरा सिकाए जुन बलिउडमा स्थापित हुन आवश्यक थिए । त्यसपछि डेजीले पछाडि फर्केर हेर्नुपरेन ।

स्मरणीय के छ भने कैटरिनाले सलमानसँग थुप्रै सुपरहिट फिल्ममा काम गरेकी छिन् । यो जोडीको ‘टाइगर जिन्दा है’ फिल्मले अहिले सफलताको उत्सव मनाइरहेको छ ।