नेपाली सिनेनगरीमा यस्ता धेरै नायिकाहरु छन् जसको नाम एकआपसमा मिल्ने गरेका छन् । नाम मिल्ने कलाकारहरुमा नायकभन्दा नायिकाहरु नै अगाडी रहेका छन् । नेपाली चलचित्र क्षेत्रमा प्रियंका कार्की चर्चित अनि व्यस्त नायिका हुन् । उनकै नामसंग मिल्ने अर्काे प्रियंकाको पनि सिनेनगरीमा प्रबेश भएको छ ।

सुवास कोइराला र सुशन प्रजापतिले निर्देशन गर्ने ‘गरुड पुराण’ बाट नव नायिकाको रुपमा प्रियंका सिंह ठकुरीको आगमन हुने भएको हो । एयर होस्टेजको तालिम सकेकी प्रियंकाको डब्सम्यास भिडियो कारण नै उनले यो चलचित्रको अफर पाएकी हुन् ।

सुवास र सुशनले प्रियंकाको डब्सम्यास भिडियो हेरेर नै चलचित्रका लागि उनी फिट हुने भन्दै आफनो चलचित्रका लागि पक्का गरेका हुन् । निर्देशक सुवासले यसअघि नै प्रियंका कार्कीसंग ‘आवरण’ र ‘पुन्टे परेड’ मा काम गरिसकेका छन् । अब भने उनले उनले पुरानोलाई छोडेर नयाँ प्रियंकालाई सिनेनगरीमा भित्राउदैछन् ।