धरान/जुम्बाको आर्कषण बढाउन धरानमा सोमबार राति ‘जुम्बा पार्टी’ गरिएको छ । एनिटाइम फिटनेसले धरानका युवायुवतिहरुलाई जुम्बा पार्टी गराएको हो । [caption id="attachment_70449" align="alignnone" width="2048"] तस्बिर स्राेतः धरान एफएम[/caption]
जहाँ झुनाज फिटनेसका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले जुम्बाको रौनक दिलाए । बीपी प्रतिष्ठानको निर्वाणा कन्ट्री क्लव परिषरमा रातको १० बजेसम्म धराने युवायुवतिले जुम्बाको मज्जा लिए । मनोरञ्जनसँगै शारीरिक स्वास्थ्य राख्न भूमिका खेल्ने जुम्बामा पछिल्लो समय युवायुवतिहरुको आर्कषण बढेको छ । जसलाई निरन्तरता दिनको लागि कार्यक्रम गरिएको झुनाजकी सञ्चालक झुना राईले बताइन् । जसमा राजधानीको नाङ्गो खुट्टा समूहका एक दर्जन जुम्बा प्रशिक्षकले एक घण्टासम्म निरन्तर जुम्बा गराए । जसको नेतृत्व केशव थापाले गरेका थिए । यसबीचमा फिटनेसका चाल्र्स राईले शारीरिक सुगठनको प्रदर्शन गर्दा दर्शकहरु थप रोमाञ्चित बने । त्यस्तै स्क्वाटको तयारी गरिरहेकी अन्जना राईले पनि एकसय केजी वजन उठाउँदै सबैलाई चकित पारिन् । जुम्बामा प्रस्तुती दिएका इलामका हरि मगर र काठमाडौंकी मानसा श्रेष्ठ जुम्बा किङ एण्ड क्वीन घोषित गरिएको फिटनेसका सञ्चालक तथा प्रशिक्षक उत्तम खत्रीले बताए ।