दमक । श्रीपञ्चमीको अवसर पारेर बिहानी कला केन्द्रले सोमबार आफ्नो २१ आँै वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

दमक–८ स्थित दमक पार्टी प्यालेसमा एक कार्यक्रम गरी सम्मानसहित सांगीतिक कार्यक्रम गरिएको केन्द्रकी प्रशिक्षक कमला खनालले बताउनुभयो ।

वरिष्ठ गायक एलपी जोशीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पत्रकारिताका क्षेत्रमा योगदान पु¥याएबापत गोपाल झापालीलाई सम्मान गरिएको थियो भने केन्द्रमा अध्ययनरत संगीतका विद्यार्थीले गीत प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा वरिष्ठ लोक गायक जोशी, केन्द्रका संस्थापक विशाल राई, श्रष्टा शिव प्रणत रेग्मी, सम्मानित व्यक्तित्व पत्रकार झापालीलगायतले बिहानी कला केन्द्रले नेपाली गीत, संगीतका क्षेत्रमा पु¥याउँदै आएको योगदानका बारेमा बोल्नुभएको थियो ।

बिहानी कला केन्द्र हाल उर्लाबारी र दमकमा सञ्चालित छ । ती केन्द्रमा १०० भन्दा बढी संगीतका विद्यार्थी रहेका छन् ।