पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थीत पथरी बजारमा म्युजिकल कन्सर्ट २०१८ हुनेभएको छ । पूर्वी मोरङ इसाई युवा समितिको आयोजनामा हुने सो कन्सर्ट आगामी माघ ११ गते हुने भएको हो । कन्सर्टमा हेभजिवा ब्याण्ड काठमाडौंको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै सो कार्यक्रममा स्थानीय गायक÷गायिकाहरू सम्झना राई, श्रेया दवाडी र ललित थलङ लिम्बुको पनि प्रस्तुति रहनेछ । पथरीको यलम्बर चौकमा हुने सो कन्सर्टमा दमक, लेटाङ, लक्ष्मीमार्गका नृत्यांगनाहरुले नृत्य गर्नेछन् भने सिलिगुडीको अनुग्रह डान्स सेन्टरले आफ्ना प्रस्तुतिहरु पस्कने आइतबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक विक्रम राईले जनाए ।