फिल्म ‘मिस्टर भर्जिन’को छायांकन सकिएको छ । अभिनेत्री छुल्ठिम गुरुङलाई एउटा आइटम गीतमा फिचर गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको घोषणा गरियो । यो गीतमा अभिनेता गौरव पहारि, कमलमणि नेपालले छुल्ठिमसँग नृत्य गरेका छन् । १ करोडको बजेटमा फिल्म बनेको छ । विशारद बस्नेतले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, श्रृजना सुब्बा लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरिायेगाफी छ ।

वल्र्ड वाइड डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको फिल्ममा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी छ । यो फिल्मलाई वैशाख महिनामा रिलिज गर्ने टार्गेट निर्माण टोलीले लिएको छ ।