न्यूयोर्क/ न्यूयोर्कको सडकमा अभिनेत्री प्रियंका चोपडा खुलम्खुला चुम्बन गरिरहेको देखिएकी छन् । उनी अभिनेता एलन पावेलसँग ‘लिप किस’ गरिरहेको देखिएकी हुन । यो दृश्य ‘क्वांटिको’का लागि छायांकन गरिएको हो । अहिले क्वांटिकोको तेस्रो सिजन चलिरहेको छ । त्यसका लागि प्रियंका र एलन सुटिङ गरिरहेका छन् । प्रियंकाको चुम्बन र ‘हट सिन’मा देखिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी क्वांटिकोमा ‘हट’ देखिएकी छन् ।