फिल्मी क्षेत्रमा लामो समय योगदान दिएका भिलेन तथा कमेडियन शक्ति कपुरकी छोरी श्रद्धा कपुर बलिउडमा एकपछि अर्को हिट फिल्म दिने अभिनेत्रीमा पर्छिन् । फिल्म ‘आशिकी २’ पछि उनको बलिउडमा यसरी डिमाण्ड बढ्यो कि उनलाई पछि फर्केर हेर्ने अवस्था आएको छैन ।

श्रद्धाले आफ्नो करिअरको सुरुवात फिल्‍म 'तीन पत्‍ती'बाट गरेकी थिइन् । यही फिल्मबाट उनले उत्कृष्ट नव-नायिकाको फिल्‍मफेयर अवार्ड पनि जितेकी थिइन् । गायिका समेत रहेकी श्रद्धा यतिबेला साउथका सुपरस्टार प्रभाससँग फिल्म 'साहो' गरिरहेकी छिन् ।

यिनै अभिनेत्रीका ७ वटा रोचक तथ्यहरु यस्ता छन् :-

१. श्रद्धा कपुरलाई फोनमा कुरा गरिरहन मनपर्छ । उनी एसएमस भन्दा पनि फोनमा कुरा गर्न बढी रचाउँछिन् ।

२. श्रद्धालाई पेन्टिङ किन्न धेरै मनपर्छ । उनले पेन्टिङको कलेक्सन नै गरेर राखेकी छिन् ।

३. श्रद्धाको समुन्द्रको दृश्यहरु खुब मनपर्छ । यसैकारण पनि उनी समुन्द्रको दृश्यहरु देखिने ठाउँमा बस्ने गर्छिन् । जब विहान हुन्छ तब उनलाई समुन्द्रको दृश्यहरु मनमोहक लाग्ने गर्छ ।

४. श्रद्धालाई चिया पिउन मनपर्छ । तर, पछिल्ला दिनहरुमा उनलाई ग्रीन टि मनपर्न थालेको छ ।

५. श्रद्धा एकदम टेक्नोलोजी क्रेजी छिन् । त्यसैकारण पनि उनी धेरै जसो समय टेक्नोलोजीसँग बिताउने गर्छिन् ।

६. श्रद्धा कपुर आफ्नो कुकुर शाईलोहलाई एकदमै माया गर्छिन् ।

७. श्रद्धा पानी धेरै पिउँछिन् । उनले दिनमा करिब ६ देखि ७ लिटर पानी पिउने गछिन् ।