निर्देशक संजय लीला भंसालीको चलचित्र ‘‘पद्मावत’’ लाई सर्वोच्च अदालतले देशभर प्रदर्शन गर्न अनुमति दिएसँगै अक्षयकुमारको चलचित्र ‘प्याडम्यान’ बाट पनि राहत मिलेको छ । अब अक्षयकुमारको फिल्म ‘प्याडम्यान’ सँग ‘‘पद्मावत’’ को भिडन्त हुनेछैन । ‘‘पद्मावत’’ २५ जनवरीमा प्रर्दशनमा आउने छ भने अक्षयको ‘प्याडम्यान’ फेब्रुअरी ९ मा प्रदर्शन हुनेछ । संजय लीला भंसालीले भनेका छन् ‘अक्षयसँगको मिटिङका क्रममा मैले ‘‘पद्मावत’’ फिल्मले बेहोर्नुपरेको विवादका बारेका अक्षयसामु कुरा राख्दै उनको चलचित्रलाई पछि सार्न अनुरोध गरेँ । मैले यस्तो भनेपछि अक्षयले दुई मिनेटमै आफ्नो चलचित्रको प्रदर्शन मिति सार्न तयार भए । अक्षय प्रति म जीवनभर आभारी रहनेछु । ’ अक्षयले भनेका छन् ‘मैले संजय लीला भंसालीसँग धेरै चलचित्रमा काम गरिसकेकोछु । उनी मेरा असल मित्र हुन् । उनको आग्रहमा मैले सहयोग गर्नु आवश्यक थियो । किनकी यो समय मलाई भन्दा भंसालीलाई धेरै आवश्यक छ । मलाई थाहा छ उनी अहिले कस्तो अवस्थामा रहेका छन् । हामी दुवैको चलचित्र एकसाथ प्रदर्शन हुन सक्थे तर अहिलेको स्थितिमा भंसालीलाई २५ जनवरीको मिति धेरै आवश्यक छ ।’