विराटनगर/चौथो संस्करणको एसबीएससी सिंगीङ स्टारको उपाधि विराटनगर – ५ का सुमित कुमार दासले जितेका छन् । मदरल्याण्ड एकाडेमीको कक्षा सातमा अध्ययरत सुमितले ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । [caption id="attachment_69835" align="alignnone" width="1920"] सिंगिङ स्टार बनेपछि सामुहिक फोटो खिचाउँदै । तस्बिरः अनिल[/caption] विराटनगरमा शुक्रबार भएको फाइनलमा उनले देशभत्ती गीत ‘देशले रगत मागे... बोलको गीत निर्णायकलाई मन्त्रमुग्द बनाउने कलात्मक शैलीमा प्रस्तुत गरेपछि सिंगीङ स्टारको भागिदार बनायो । १३ वर्षिय सुमितले उपाधिसँगै नगद २५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि प्राप्त गरे । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर मोरङले आयोजना गरेको प्रतियोगिताको फस्ट नरअप रतुवामाइ नगरपालिका –६ सिजुवाका सचिन थोप्रा घोषित भए । उनले नगद १५ हजार रुपैयाँ र ट्रफि प्राप्त गरे । सहभागि मध्धै नै कान्छो प्रतियोगि सचिनले फाइलनमा ‘चरीले त छाडेर गइगयो...’ गीत प्रस्तुत गरे उपबिजेता बने । प्रतियोगिताको सेकेन्ड रनरअप दुई जना घोषित भए । दुई जना प्रतियोगिले बरावर अंक ल्याएपछि निर्णायक मण्डलीले विराटनगरका उदित गुप्ता र सुन्दर हरैचा नगरपालिका १० का स्वरुप खतिवडालाई सेकेण्ड रनरअप घोषणा गरेका हुन् । विभिन्न चरण पार गर्दै जिल्लाभरीको प्रतियोगिताको फाइलनमा १० जना पुगेका थिए । फाइनल प्रतियोगिताको मुख्य निर्णायकमा बरिष्ठ संगीतकार बसन्त सापकोटा रहेका थिए । त्यस्तै अन्य निर्णायकहरुमा गायक ज्योती सुब्बा थिए । सोही अवसर संगीत क्षेत्रमा उत्कृष्ट योगन पु¥याएको भन्दै सहकारीले गायक साजन राईलाई नगद ५ हजार रुपैयाँ सहित कदर पत्रले सहकारीका अध्यक्ष विष्णु डंगोलले सम्मान गरे । प्रतियोगितामा संगीतकार सापकोटाले संगीत भोरेको गीतहरु प्रस्तुत गरेपछि थप मनोरञ्जन भयो । गायक ज्योति सुब्बाले समेत आफ्नो चिर्चित गीत सुनाएर प्रयाप्त मनोरञ्जन दिए । प्रतियोगिताको बिजेताहरुलाई विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, प्याब्सनका सल्लाकार टिकाराम पुरी, प्याब्सन १ नम्बर प्रदेशका सचिब टिकाराम ढकाल, प्याब्सन मोरङका उपाध्यक्ष अर्जुन बस्नेत, सीतला सुब्बा, कोषाध्यक्ष तथा सहकारीका प्रमुख सल्लाकार ईन्द्र राई, सहकारीका अध्यक्ष डंगोल, कोषाध्यक्ष जयन्ती प्रधानलगायले पुरस्कार वितरण गरेका थिए ।