भारतीय अभिनेता प्रकाश राजले केही दिनअघि एक कार्यक्रममा सम्बोधन गरेका थिए। कर्नाटक राज्यको सिर्सी सहरमा उनले सम्बोधन गरेको सो मञ्च अपवित्र भएको भन्दै त्यसलाई चोख्याउन सत्ताधारी दल भारतीय जनता पार्टीका कार्यकर्ताले गहुँत छर्केका छन्।
[caption id="attachment_69672" align="aligncenter" width="700"]
फायलफाेटाे[/caption]
सिर्सीस्थित राघवेन्द्र मठमा ‘हाम्रो संविधान, हाम्रो गौरव’ विषयमा अभिनेता राजले आफ्ना भनाइ राखेका थिए। त्यसपछि संक्रान्तिको दिन भारतीय जनता पार्टीको युवा मोर्चाका कार्यकर्ताले सो स्थानमा गहुँत छर्केका हुन्।
‘यी व्यक्तिहरु स्वघोषित बुद्धिजीवी हुन्। यिनीहरु विद्वान भएको बहाना गर्छन्। तर यिनीहरुले धार्मिक स्थलमा कार्यक्रम आयोजना गरे र सो स्थानलाई अशुद्ध पारिदिए,’ भाजपा युवा मोर्चाका स्थानीय अध्यक्ष विशाल मरातेले भने, ‘उनले हाम्रो नेताको विरोधमा पनि बोले, त्यसैले हामीले मठ चोख्यायौँ।’
‘हिन्दुहरु गाईलाई पवित्र मान्छन् र पूजा गर्छन्। तर गाईको मासु खाने र हिन्दु देवीदेवताको विरोध गर्ने मान्छे सिर्सीमा प्रवेश गरेर पूरै सहर नै अपवित्र बनाइदिए। त्यसैले हामीले गहुँत छर्केर यो स्थानलाई शुद्ध बनाउने निर्णय गर्यौ,’ उनले थपे।
यो समाचार प्रकाशित भएपछि अभिनेता राजले आफू जहाँ गएपनि सो स्थान चोख्याउने कामलाई निरन्तरता दिइरहन्छौ कि भनेर भाजपा कार्यकर्तालाई ट्विटरमार्फत् सोधेका छन्।
एजेन्सी
































