काठमाडौं/अक्षय कुमारको ‘पैडमेन’ २५ जनवरी रिलिज हुँदैछ । दर्शकले यो फिल्मलाई व्यग्र प्रतिक्षा गरेका छन् । फिल्म महिलाहरुको महिनावारीको समस्यामा आधारित छ ।

यो विषयमा बलिउडमा पहिलो पटक फिल्म बनेको छ । यो फिल्म भारतको यस्तो फिल्म हो, जो अक्सफोर्ड यूनिभर्सिटीमा देखाइने छ । अक्सफोर्ड यूनिभर्सिटीमा देखाइने यो बलिउडको पहिलो फिल्म समेत हो ।

अक्षयकुमारकी पत्नी तथा फिल्मकी निर्माता ट्विंकल खन्नालाई अक्सफोर्डमा लेक्चर दिन बोलाइएको छ । त्यसपछि त्यहाँका छात्राहरुलाई फिल्म देखाइनेछ ।

फिल्म अरुणाचलका मुरुगाथनमको जिन्दगीमा आधारित छ । जसले सस्तो र राम्रो सेनेटरी प्याड बनाउने सुरुवात गरेका थिए । अक्षयकुमार सामाजिक मुद्धामा आधारित फिल्म गर्न मन पराउछन् । गत बर्ष उनले ‘ट्वाइलेट एक प्रेम कथा’ बनाएका थिए । दर्शकले यो फिल्म रुचाएका थिए । एजेन्सी