फिल्म ‘साली कस्को भेनाको’को निर्माण हुने भएको छ । चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठको निर्माणमा यो फिल्म बन्न लागेको हो । भद्र भुजेलले फिल्मको निर्देशन गर्दैछन् । यो फिल्मको छायांकन आजबाट सुरु भएको छ । फिल्मको छायांकन चितवन र धम्पुसमा हुनेछ । यो फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुष्कर गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । <p>कमेडी पारिवारिक कथामा यो फिल्म बन्न लागेको हो । फिल्ममा पुष्प आचार्यको कथा रहने पक्का भएको छ । दिर्घ गुरुङको छायांकन, बसन्त श्रेष्ठ, गम्भिर बिष्ट र सुमित लामाको नृत्य निर्देशन फिल्ममा रहनेछ । फिल्मलाई सुनिल कुमार न्यात्स्यो, विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर बनाउन लागेका हुन् ।