पथरी । मोरङको कानेपोखरी गाउँपालिका –६ स्थीत रमाइलोमा साकोसको सभाहलमा शुक्रबार नायक दयाहाङ राईको नाटक ‘सरजमिन’ प्रर्दशन हुने भएको छ । पुष्करसमशेर राणाले लेखेको परिवन्ध शीर्षकको यो कथालाई मण्डला थिएटरले ‘सरजमीन’ नाटक शीर्षकमा नाटकको रुपमा पूर्वामा प्रर्दशन गर्ने क्रममा कानेपोखरीको रमाइलोमा पनि शुक्रबार प्रर्दशन गर्ने तयारी भएको हो । प्रविण खतिवडाको निर्दैशक रहेको नाटकमा कलाकारहरु ‘हैट’ नामले चर्चित कलाकार वुद्दि तामाङ,बिकास जोशी,रोहित पौडेल,बिनिता गुरुङ,बिजय बराल,संयोग गुरागाई,उमेश तामाङ,रञ्जना ओली र ,स्थानीय कलाकार सोमनाथ खनालको नाटकमा देख्न पाइने छ । प्रर्दशनमा नायक दयाहाङ राई आएपनि उसको नाटकमा भूमिका नरहेकोले राईलाई नाटकमा देख्न नपाइने भएको आयोजक समितिले जनाएको छ । रमाइलो युवा परिवारको आयोजनामा प्रदर्शन हुनलागेको नाटकमा २सय २५ जनाले नाटक हेर्न तयारी रहेको युवा परिवारको अध्यक्ष नविन पौडेलले बताए । उनले भने– ‘विद्यालयहरु विदा भएको समयमा पनि विद्यार्थी र शिक्षकहरुमा नाटक हेर्ने तीब्र इच्छा देखिएकोले हामीले अनुमान गरेभन्दा वढी नै दर्शक हुने छ ।’ आयोजकले बिद्यार्थीलाई ३ सय,अन्यलाई ५सय र १ हजारको टिकट सहयोगको रुपमा बितरण गर्दै आएका छन् । प्राविधिक काम सबै सकिएको कानेपोखरी रमाइलोका संयोजक गणेश सुवेदीले बताए । राजधानी वस्दा धेरै पटक नाटक हेरेको अनुभव सुनाउँदै सुवेदी भने – ‘नाटक रमाइलोमा पहिलो पटक हो, रमाइलोको लागी नौलो भएकोले यस बिषयमा सबैको चासो बढेको छ । नाटक हेर्नुको आनन्द धेरै हुन्छ, जीवन्त हुन्छ र त्यो शब्दमा बताउन सकिन्न रहेछ । यही अनुभवलाई नाटक प्रदर्शनीकै माध्यमबाट शेयर गर्न मण्डला थिएटरलाई रमाइलोमा ल्याउने प्रयास गरेको हुँ ।’ नाकटमा ओखलढुंगाको कुनै गाउँमा वनिबुतो गरेर जीवनयापन गरिरहेको सोझो ठिटो रनेको जीवनभोगाइ एउटा कथा बन्न लायक विषय थियो । मेलामा एक दिन छिमेकी लाउरेले रनेकी पत्नी सेतीलाई हात लाउन खोजेपछि रने रिसले चूर हुन्छ । रिसको झोँकमा खुकुरी नचाउँदै लाउरेलाई नमारी छेडदिन भन्छ । गाउँलेले जसोतसो रनेलाई छुटाएर घर लैजान्छन । संयोग र दुर्भाग्यवस त्यही रात लाउरेको हत्या हुन्छ । दिउँसो लाउरेलाई नमारी छोडदिन भनेर रनेले धम्क्याउनु र त्यही रात लाउरेको हत्या हुनु एउटा काकताली थियो, वास्तवमा रने हत्यारा थिएन । परिवन्धले रने दोषी हुन पुग्छ । कारण, लाह्ुरेको घरमा डाङ्डाङ्डुङडुङ भएको सुनेर लाउरेका वचाउका लागि रने नै के भयो भनी हेर्न गएको थियो । लाउरेको ताजा लास देखेर उसैले प्रहरीलाई खबर गरेको थियो । कानुनको अन्धो आँखाले रनेलाई दोषी पायो र जेल चलान ग¥यो । सेती र रनेको परेवाजस्तो जोडीलाई यस घटनाले छुटाएर अलग बनाउछ ।