काठमाडौं/ करिना कपूर र सोनम कपूर स्टारर फिल्म ‘वीरे दी वेडिङ’ को पोस्टर रिलिज भएको छ । फिल्मको पोस्टर सोनम कपूरले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । यो फिल्म करिना आमा बनेपछिको पहिलो फिल्म हो ।

गत बर्ष नै फिल्ममो फस्ट लुक सार्वजनिक गरिएको थियो । अहिले भने फिल्मको रिलिज डेट समेत तय भएको छ । फिल्म १ जुनमा रिलिज हुनेछ ।

फिल्ममा करिनाका पतिको रोल सुमित व्यासले निभाएका छन् । फिल्मलाई सोनम र उनकी बहिनी रिया कपूरले निर्माण गरेका हुन् । एजेन्सी