सञ्जय लीला भंसालीको 'मोस्ट अवेटेड' फिल्म ‘पद्मावत’ (पद्मावती) लगातार खबरमा छ । २५ जनवरीमा रिलिज हुन लागेको यो फिल्मको विवाद अझै साम्य भएको छैन । एकपछि अर्को गर्दै विभिन्न राज्यले फिल्म ब्याण्ड गरेका छन् । राजस्थान, गुजरात, मध्यप्रदेशपछि अब हरियाणाको खट्टर सरकारले पनि आफ्नो प्रदेशमा फिल्म प्रदर्शन नगर्ने निर्णय लिएको छ ।

विभिन्न राज्यमा प्रदर्शन नहुने भएपछि फिल्मलाई निकै ठूलो घाटा हुने देखिएको छ । यस्तैमा अर्कोतर्फ फिल्मका लागि अभिनेत्रीले लिएको पारिश्रमिकको खुलासा भएको छ । खबरअनुसार, बलिउड अभिनेत्री दीपिका पादुकोणले यो फिल्मका लागि ११ करोड पारिश्रमिक लिएकी छिन् ।

फिल्ममा उनी 'रानी पद्मावती'को भूमिकामा देखिएकी छिन् । आफ्नो भूमिकालाई जीवन्त बनाउनका लागि दीपिकाले ११ करोड लिएको बुझिएको छ । फिल्मका लागि दीपिकाले जुन गहना लगाएकी छिन्, त्यो करीब २० किलो रहेको बताइएको छ । उनले फिल्ममा लगाएका कपडाहरु पनि निकै वजनदार छन् ।

दीपिकालाई रानी 'पद्मिनी'को भूमिकामा तयार हुन घन्टौं समय लाग्ने गर्थ्यो । आजसम्म दीपिकाको जति पनि लुक्स सार्वजनिक भएका छन्, सबैलाई दर्शकले उतिक्कै मन पराएका छन् । खि‍लजीको भूमिका निर्वाहा गर्न एक्टर रणवीर सिंहले ८ करोड फिस लिएको खबर छ । यस्तै, राजा महारावल रतन सिंहको भूमिकाका लागि शाहिद कपुरले ६ करोड पारिश्रमिक बुझेका छन् ।