धरान/गायक विपुल छेत्रीको नयाँ एल्बम ‘गहिरो–गहिरो’ को प्रमोशनको लागि नेपाल टुर हुने भएको छ ।
[caption id="attachment_69387" align="alignnone" width="850"]
फाेटाे स्राेतः गुगल[/caption]
माघ २० गतेबाट नेपाल टुरको प्रारम्भ धरानबाट हुने भएको हो । ग्लिम्प्स इन्टरटेनमेन्ट र पूर्वाञ्चल रक्सको संयुक्त आयोजनामा ‘विपुल क्षेत्री गहिरो–गहिरो नेपाल टुर’ गरिने भएको मंगलबारको पत्रकार सम्मेलनमा जनाइयो । नेपालका ६ स्थानमा सांगीतिक कन्सर्ट गरिन लागिएको हो ।
पूर्वको दमक, इलाम गरी ६ स्थानमा गरिने कार्यक्रम संयोजक रोहन लिम्बूले बताए । नेपाली लोकभाकाको प्रवद्र्धन गर्दै आएका गायक क्षेत्रीको धरानमा पहिलो कन्सर्ट हुने छ । जसलाई स्थानीय आउटसाइडर, तपस्वी र नेक्स्ट जेनेरेसनले साथ दिने आयोजक पूर्वाञ्चल रक्सका अध्यक्ष ताङसाङ सुब्बाले बताए ।
टुवोर्ग वियरको मूख्य प्रायोजनामा हुन लागेको सांगीतिक टुर पब्लिक माविको खेल मैदानमा हुने छ ।