सुनसरी/ सुनसरीको धरान उप-महानगरपालिका-५ देउराली चोक बस्ने ६० बर्षिय बिभिसण राईले आफ्नै छोरामाथी शुक्रबार धारिलो हतियार प्रहार गरेका छन्।

बेलुका ७ बजेतिर घरायसी विवाद हुँदा राईले आफ्ना कान्छा छोरा २१ बर्षिय सुमन राईलाई हतियार प्रहार गरेका हुन्।

घाइते सुमनको विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने बुबा बिभिसण राईलाई इलाका प्ररही कर्यालय धरानले नियन्त्रणमा लिएको छ।