बर्दिबास/ प्रहरीले होटलमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा पाँच नेपाली युवती र १२ भारतीय युवकलाई पक्राउ गरेको छ । महोत्तरी सदमुकाम जलेश्वरबाट प्रहरीले होटल साहुनीसहित १२ युवक र पाँच युवतीलाई पक्राउ गरेको हो ।
सोमबार राति होटल स्माइल एण्ड रेष्टुरेनटबाट उनीहरु पक्राउ परेका हुन् । जलेश्वर(जनकपुर सडकमा पर्ने सिनेमा हल नजिकै रहेको उक्त रेष्टुरेन्टमा यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी बालकृष्ण पोखरेलका अनुसार पक्राउ परेका युवा भारतको सीतामढी र मधुवनीका हुन् । ‘युवतीहरु पोखरा, झापा र धनकुटाका छन्’, डीएसपी पोखरेलले भने, ‘उनीहरुमाथि अनुसन्धान सुरु भएको छ ।’
प्रहरीले पक्राउ परेका जोडीको मेडिकल जाँच गरी अनुसन्धान अगाडि बढाएको छ । सोमबार अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर भारतीय युवा नेपाल छिरेका थिए ।
अन्नपुर्णपाेष्ट