एजेन्सी/ एक युवकले नयाँ वर्षको खुशीयाली मनाउँदा ज्यानै गुमाउनुपरेको छ । छोराको ज्यान गएको समाचार सुनेर आमा रुँदा रुँदा बेहोस भएकी छन् ।
यो घटना भारतको हरियाणास्थित रोहतकको हो । जिस्काएको भन्दै गाली गरेपछि एक ट्याक्सी चालक नयाँ सालको रात आफ्ना साथीसहित महिलाको घर अगाडि हुलदंगा गर्न पुगेका थिए । पुरै रात ती युवाले महिलाको घर अगाडि हो-हल्ला गरेर बिताए । त्यस क्रममा महिलाका पतिले कयौँ पटक पुलिसको गुहार पनि लगाए ।
त्यसक्रममा पुलिस नपुगेपछि महिलाका पतिले लाइसेन्सवाला पेस्तोलबाट तीन गोली हानेर ती ट्याक्सी चालक युवाको हत्या गरिदिए ।
त्यहाँबाट उनका साथीहरु भागेका थिए । हत्यापछि पुगेको पुलिसले महिलाका पतिलाई घरबाटै हिरासतमा लिएको छ । साम्पलाको थानाक्षेत्रको गाउँ खेडी साधमा यो घटना भएको हो ।
महिलाका पतिका अनुसार राति ११ बजे ट्याक्सी चालक धर्मेन्द्र उर्फ ढिल्लु आफ्ना दुई साथीसँग उनको घर अगाडि गाडीको डिक्की खोलेर ठुलो आवाजमा हल्लाखल्ला गर्न लागेका थिए । उनले ट्याक्सी चालक धर्मेन्द्रलाई जान भनेपछि झगडा गर्न सुरु गरे । यो घटना भइरहँदा महिलाका पतिले कयौँ पटक पुलिस पनि बोलाए ।
तर पुलिस त्यहाँ पुग्दै पुगेन । धर्मेन्द्रले बिहान ४ बजेसम्म हल्लाखल्ला गरि नै रहे । त्यसपछि महिलाका पतिले लाइसेन्सवाला पेस्तोलबाट गोली हानेर ट्याक्सी चालकको ज्यान लिए । महिलाका पति घर जग्गा व्यवासयी हुन् । आफ्नी पत्नीमाथि दुर्व्यवहार गरेको गुनासो त्यसअघि नै उनले प्रहरीमा दायर गरेका थिए ।
अर्कातिर धर्मेन्द्रका भाइ रोहितले पुलिसलाई दिएको बयानमा धर्मेन्द्र आइतवार साँझ आफ्ना साथी सुशीलको कार लिएर नयाँ सालको खुसी मनाउन हिँडेका थिए । उनी अबेर रातिसम्म घरमा आएनन् । त्यसपछि उनको खोजीमा उनको परिवार लागेको थियो ।
यहाँ धर्मेन्द्र आफ्ना साथी हुमाङयुपुर निवासी दिनेश र दिल्लीका झाडौदा निवासी प्रदीपसँग कारमा बसेका थिए । रोहित पनि उनको साथमा कारमा बसेका थिए । त्यसपछि चारैजना कारमा बसेर घरतर्फ गएका थिए । त्यसक्रममा उनी बिहानै कार लिएर घर जग्गा व्यवासयीको घर अगाडि पुगे ।
घर अगाडि पुगेर धर्मेन्द्रले आफूविरुद्ध पुलिमा झुटो मुद्दा चलाएको भन्दै गुनासो गरेका थिए । त्यहाँ विवाद बढ्दै गएपछि महिलाका पतिले लाइसेन्सवाला पेस्तोल निकालेर कारमा बसेका धर्मेन्द्रमाथि तीन गोली हानेका थिए । धर्मेन्द्रको तत्कालै मृत्यु भयो ।
मृतकको भाइको बयान अनुसार आरोपी सत्यवानविरुद्ध पनि मुद्दा चलाइएको छ। अहिलेसम्म आरोपित गिरफ्तारमा परेका छैनन् । दुवैबीच पुरानो दुर्व्यवहारको मुद्दालाई लिएर विवाद भएको थियो । गाडीबाट पुलिसले सोडा बोतल पनि बरामद गरेको छ।