काठमाडौं/ काठमाडौंको विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ सितापाईला रामकोट बस्दै आएका २१ वर्षीय ज्ञानबहादुर तामाङ छन् ।
[caption id="attachment_66973" align="aligncenter" width="1200"]
काठमाडौँ महानगरपालिका–२६ ज्याठा स्थित होटल ज्यूडिङ अगाडी पार्किङ गरी राखेको बा. ९०प १५४० नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले गएराति पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।