-
Home
-
खेलकुद
-
गोधुलीमा धरान–१५ लार्इ धरान-१ ले हरायाे
गोधुलीमा धरान–१५ लार्इ धरान-१ ले हरायाे
धरान/अठारौं वडास्तरीय रेडबुल गोधुली कपमा धरान–१ र धरान–३ विजयी बनेका छन् ।
एन्फा एकेडेमीको खेल मैदानमा सोमबार सम्पन्न खेलमा धरान–१ ले १५ औं गोधुली विजेता धरान–१५ लाई सडेन डेथमा ७–६ गोल अन्तरले हरायो । खेलको म्यान अफ दी म्याच धरान–१ का गोलरक्षक धनबहादुर श्रेष्ठ घोषित हुँदै ट्रफी पाए ।
सोमबारकै दोस्रो खेलमा धरान–३ ले धरान–२० लाई ३–१ गोल अन्तरले हराएको छ । जितको लागि धरान–३ बाट सन्देश जिमी, आशिष लिम्बू, विशन श्रेष्ठले गोल गर्दा धरान–२० बाट पदम राईले एकमात्रै गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच धरान–३ का सुवोध साही घोषित हुँदै ट्रफी पाए ।
मंगलबारको पहिलो खेल धरान १० र १२ तथा दोस्रो खेल धरान २ र ११ बीच हुने भएको गोधुली क्लवका सचिव युवराज अधिकारीले बताए ।